काठमाडौं । भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान गरिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित समितिले अध्ययन गरी सम्भावित पुनःस्थापना क्षेत्र सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो।

समितिले पहिचान गरेका जग्गा २७७ कित्ता रहेका छन्। त्यसमध्ये रसुवामा १७७, नुवाकोटमा ९४ र धादिङमा ६ कित्ता जग्गा रहेका छन्।

बाढीका कारण आफ्नो पुरानो स्थानमा बसोबास गर्न सम्भव नभएका तथा अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने उद्देश्यले सम्भावित जग्गाको पहिचान गरिएको हो।

SOURCE NEPAL NEWS — सत्य, तथ्य र निष्पक्ष समाचार