आइतबार सुरुङमार्ग हुँदै करिब ७ हजार ५०० सवारीसाधन आवतजावत गरेका छन्। यो संख्या आयोजनाले सुरुमा अनुमान गरेको दैनिक ५ हजार सवारीसाधनभन्दा बढी हो।

आयोजनाले सुरुङमार्ग सञ्चालनबाट वार्षिक ३५ देखि ४० करोड रुपैयाँसम्म टोल शुल्क सङ्कलन हुने अपेक्षा गरेको छ।

पहिलो दिनमै अनुनागढुंगा सुरुङमार्गबाट पहिलो दिनमै ११ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

मानभन्दा बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेपछि यसको उपयोगिता र आर्थिक सम्भावनालाई लिएर सकारात्मक सङ्केत देखिएको छ।

तथ्याङ्क एक नजरमा:

  • पहिलो दिनको टोल सङ्कलन: ११ लाख ७० हजार रुपैयाँ
  • सवारीसाधन आवागमन: करिब ७ हजार ५००
  • दैनिक अनुमानित सवारीसाधन: ५ हजार
  • वार्षिक अनुमानित आम्दानी: ३५–४० करोड रुपैयाँ