काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार बिक्री गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको विवरणअनुसार एनपीएल–३ का ओटीटी तथा टेलिभिजन अधिकारबाट मात्रै ३२ करोड ६८ लाख रुपैयाँ आम्दानी हुने भएको छ। क्यानका अनुसार प्रतियोगिताको विश्वव्यापी ओटीटी अधिकार नेट टीभी प्रालिले १८ करोड ४ लाख […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीए
ल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार बिक्री गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको विवरणअनुसार एनपीएल–३ का ओटीटी तथा टेलिभिजन अधिकारबाट मात्रै ३२ करोड ६८ लाख रुपैयाँ आम्दानी हुने भएको छ।
क्यानका अनुसार प्रतियोगिताको विश्वव्यापी ओटीटी अधिकार नेट टीभी प्रालिले १८ करोड ४ लाख रुपैयाँमा प्राप्त गरेको छ। यस्तै, नेपाल क्षेत्रको लिनियर टेलिभिजन अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले १४ करोड ६४ लाख रुपैयाँमा प्राप्त गरेको छ।
यससँगै एनपीएलको तेस्रो संस्करणका लागि ओटीटी र टेलिभिजन अधिकारबाट क्यानले कुल ३२ करोड ६८ लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै, प्रतियोगिताको टिकटिङ अधिकार इसेवा लिमिटेडले ८५ लाख रुपैयाँमा प्राप्त गरेको क्यानले जनाएको छ। सम्झौताअनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत रकम क्यानले प्राप्त गर्नेछ।
एनपीएलको तेस्रो संस्करणलाई थप व्यवस्थित र व्यावसायिक बनाउने क्रममा क्यानले मिडिया तथा टिकटिङ अधिकार प्रतिस्पर्धात्मक प्रक्रियामार्फत प्रदान गरेको जनाएको छ।
मिडिया अधिकारबाट प्राप्त हुने रकमले नेपाली क्रिकेटको व्यावसायिक विकास तथा एनपीएललाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।