काठमाडौं, २२ भदौ। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावअनुसार बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख […]
काठमाडौं, २२ भदौ। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
प्रस्तावअनुसार बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख रुपैयाँभन्दा बढी तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम छुट्याइएको छ। उक्त रकममा बोनस तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

यसैगरी, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ ८ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ। यसका लागि करसहित २३ करोड ३४ लाख रुपैयाँभन्दा बढी रकम प्रस्ताव गरिएको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिका आधारमा शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको हो।
तर, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ।