अर्थमन्त्री स्वर्णिम वाग्ले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जाने भएका छन्। भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले नयाँदिल्ली जान लागेका हुन्।

सरकारी स्रोतका अनुसार अर्थमन्त्री वाग्ले असोज १ र २ गते भारत भ्रमणमा जाने तयारीमा छन्।

भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक सहकार्य, द्विपक्षीय सम्बन्ध तथा विपद्पछिको पुनर्निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ।

विशेषगरी विपद्पछि नेपालमा आवश्यक पुनर्निर्माण तथा सहयोगका विषयमा भारतसँग सहकार्य बढाउने विषयलाई भ्रमणका क्रममा प्राथमिकताका साथ उठाइने अपेक्षा गरिएको छ।

SOURCE NEPAL NEWS
सत्य, तथ्य र निष्पक्ष समाचार